close

नेपाल पेमेन्ट सोलुसन्सको डिजिटल प्लेटफर्ममा जोडियो गरिमा विकास बैंक

टेकपाना टेकपाना

चैत ९, २०७८ १३:५०

नेपाल पेमेन्ट सोलुसन्सको डिजिटल प्लेटफर्ममा जोडियो गरिमा विकास बैंक

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन (एनपीएस)ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यका लागि सम्झौता गरेको छ ।

सम्झौतामा एनपीएसका तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट म्यानेजर सिमन श्रेष्ठ तथा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

योसँगै गरिमा विकास बैंकसँग आवद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सेवा उपयोग गर्न सक्नेछन् ।

नेपाल पेमेन्ट सोलुसनले यी सेवा डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरू मार्फत उपलब्ध गराएको छ ।

एनपीएस एक पेमेन्ट सिस्टम एग्रिगेटर हो । जसले विशेषगरी बैंक तथा वित्तीय संस्था, पीएसपीहरु रेमिट्यान्स कम्पनीहरू र व्यवसायिक क्षेत्रमा केन्द्रित रहेर काम गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२