close

एलजीको नयाँ वर्ष अफर, सामान खरिदमा छुट र उपहार 

टेकपाना टेकपाना

चैत ९, २०७८ १६:३

एलजीको नयाँ वर्ष अफर, सामान खरिदमा छुट र उपहार 

काठमाडौं । एलजी इलेक्ट्रोक्सिको नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ वर्ष बाढाैं हर्ष’ नामक योजना सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा खुसी साट्ने योजनाका साथ कम्पनीले यो योजना ल्याएको हो । यसअन्तर्गत ग्राहकले एलजीका सामान खरिद गर्दा छुटका साथै विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् ।

आजदेखि सुरु भएको यो याेजना देशभर लागू हुने जनाइएको छ ।

कम्पनीका अनुसार एलजी ओएलईडी टीभी, एलजी यूएचडी टिभी, एक्स बुम सिरिज, भ्याकुम क्लिनर र सिंगल डोर रेफ्रिजेरेटर खरिदमा ठूलो मात्रामा छुट प्राप्त गर्न सकिने छ ।

साइड-बाई-साइड तथा फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ग्राहकले निःशुल्क रुपमा एयर फ्रायर र हुमिडिफायर प्राप्त गर्नेछन् ।

त्यस्तै डबल-डोर रेफ्रिजेरेटरको खरिदमा ह्याण्ड ब्लेन्डर, माइक्रोवेभ ओभनको खरिदमा एमडब्लुओ कुकिङ किट, फ्रन्ड लोड वासिङ मसिनको खरिदमा इन्डक्सन कुकर र नुरतीब्लेन्डर लगायतका सामान खरिद गर्न सकिने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२