काठमाडौं । पछिल्लो समय निकै नै लोकप्रियता कमाइरहेको नेटफ्लिक्सको मोबाइल गेमलाई कम्पनीले सामाजिक प्रभाव पार्ने प्लेटफर्मको रुपमा प्रयोग गरिरहेको छ ।
स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले हालै ‘दिस इज अ ट्रु स्टोरी’ (यो सत्य घटना हो) नामक एउटा नयाँ एन्ड्रोइड तथा आईओएस गेम सार्वजनिक गरेको छ ।
यो गेममा सुरक्षित खानेपानी अभावको विषयमा चेतना फैलाउने काम भएको छ ।
गेममा प्लेयरले अफ्रिकाको साहारा मरुभूमिमा पानी खोज्नको लागि लामो यात्रा गर्नुपर्ने हुन्छ । यसबीचमा प्लेयरले विभिन्न शिकारी, हुरीबतास लगायत अन्य अप्ठ्याराहरूको सामाना गर्नुपर्ने हुन्छ । ती समस्यालाई पार गरेर प्लेयरले उक्त गेम जित्नुपर्ने हुन्छ ।
यो लगायत नेटफ्लिक्सले अन्य दुई गेम ‘इन्टु दि डेड’को दोस्रो संस्करण र ‘स्याटर रिमास्टर्ड’ पनि सार्वजनिक गरेको छ ।
यी तीनवटै गेम एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छन् ।