close

स्पोटिफाई एपमै अब अडियो लाइभ सुविधा

टेकपाना टेकपाना

चैत १०, २०७८ १५:२८

स्पोटिफाई एपमै अब अडियो लाइभ सुविधा

काठमाडौं । स्पोटिफाईले लाइभ अडियो एप ‘ग्रिनरुम’ लाई आफ्नो मुख्य एपमा गाभ्ने भएको छ । कोभिड-१९ को समयमा क्लबहाउसको उदयसँगै कम्पनीले पनि लाइभ अडियाे एपको रुपमा गत वर्ष ‘ग्रिनरुम’ सार्वजनिक गरेको थियो ।

साेसल अडियाेकाे बजारमा फेसबुक, ट्वीटरजस्ता ठूला कम्पनी पनि भित्रिएसँगै ग्रिनरुमले सोचअनुरुप प्रयोगकर्ता पाउन सकेको थिएन । यस्तोमा कम्पनीले उक्त एपलाई आफ्नो मेन एपमै मर्ज गर्ने तयारी गरेको हो ।

यस्तोमा हालसम्म ग्रिनरुम प्रयोग गर्न स्पोटिफाई अकाउन्ट आवश्यक नपर्ने अवस्थामा भने परिवर्तन हुनसक्ने आँकलन गरिएको छ ।

हुन त हालसम्म यो फिचरको विषयमा त्यति धेरै जानकारी उपलब्ध छैन । डेभलपर स्टिभ मोसरले पत्ता लगाएको एक जानकारी अनुसार स्पोटिफाईको आईओएस एपमा ग्रिनरुमको फिचर फेला परेको छ ।

हुन त अहिले नै स्पोटिफाईको एपमा धेरै फिचर छन् । यस्तोमा थप नयाँ फिचर स्पोटिफाईका साथै ग्रिनरुप दुवैका लागि राम्रो हुनसक्छ । याेसँगै प्रयाेगकर्ताले स्पोटिफाईमा गीतसँगै लाइभमा बस्ने फिचर पनि पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२