close

अमेरिकामा रहेका नेपालीले अब दूतावासबाटै ई-पासपोर्ट पाउने

टेकपाना टेकपाना

चैत १०, २०७८ १५:५९

अमेरिकामा रहेका नेपालीले अब दूतावासबाटै ई-पासपोर्ट पाउने

काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित नेपाली दूतावासबाट पनि अब विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी हुने भएकाे छ ।

दूतावासले एक सूचना जारी गर्दै यही चैत १४ (मार्च २८) देखि लागू हुने गरी विद्युतीय राहदानीको आवेदन लिन लागेको जानकारी दिएको छ ।

राहदानी आवेदन सम्बन्धी प्रक्रियाबारे विस्तृत जानकारी दूतावासकै वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

राहदानीका लागि अनलाइन आवेदन फारम भर्दाका बखत नै दूतावासमा फाराम बुझाउने मिति र समय छनौट गर्न सकिने व्यवस्था रहेको छ ।

पूर्वनिर्धारित मिति र समय (अपोइन्टमेन्ट) बिना राहदानी नवीकरणका लागि दूतावासमा आउने सेवाग्राहीहरुको आवेदन उपर कारबाही नहुने जनाइएको छ । साथै हुलाकमार्फत् प्राप्त हुने आवेदनहरु पनि स्वीकार नगरिने सो सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२