close

पोकेमन गो खेल्दै रक्तदान गर्न मिल्ने, प्लेयरलाई आकर्षक उपहार

टेकपाना टेकपाना

चैत १०, २०७८ १७:३८

पोकेमन गो खेल्दै रक्तदान गर्न मिल्ने, प्लेयरलाई आकर्षक उपहार

काठमाडौं । मोबाइल गेम पोकेमन गोले रक्तदानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित जापानमा नयाँ अभियान ल्याएको छ । यसका लागि पोकेमन गोले जापानिज रेडक्रस सोसाइटीसँग सहकार्य गरेको छ ।

यसअनुसार जापानका विभिन्न ठाउँका रक्तदान केन्द्रलाई ‘पोके स्टप’ बनाइएको छ । जहाँ प्लेयरहरुले चाहेमा रक्तदान गर्नसक्छन् । यस बापत प्लेयरहरुले आकर्षक उपहार पाउने बताइएको छ ।

तर यो पोके स्टपमा पाउने उपहारभन्दा कत्तिको फरक हुन्छ भन्ने कुरा खुलाइएको छैन ।

याे अभियानबाट आवश्यकता परेकाहरूले छिटो रगत पाउने र रगत व्यवस्थापनमा पनि सघाउ पुग्ने विश्वास लिइएकाे छ । अहिले यो अभियान जापानको कान्तो कोसिनेत्सु क्षेत्रमा सुरु गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२