काठमाडौं । योर कोसेलीले अब मध्यरातमा पनि केक डेलिभरी गर्ने भएको छ ।
ग्राहकको मागलाई सम्बोधन गर्दै काठमाडौंमा मध्यरात सेवाको कमीलाई पूरा गर्ने उद्देश्यले ‘मीड नाइट डेलिभरी’ सेवा सञ्चालनमा ल्याउन लागिएको कम्पनीले बताएको छ ।
धेरै ग्राहकहरूले अबेर राति पनि केकको लागि अनुरोध गरेपछि हामीले मध्यरातमा दिइने सेवाहरूको बारेमा अध्ययन गरेर सस्तो मूल्यमा नै राति पनि केक डेलिभरी गर्ने सेवा सुरु गरेको कम्पनीका सीएमओ अभिषेक सापकोटाले बताए ।
ग्राहकले योर कोसेलीबाट बेलुका ७ देखि १० र १० देखि १२ गरेर दुई वटा सिफ्टमा केक डेलिभरीको लागि अर्डर गर्न सक्नेछन् । अर्डर आएको दुई घण्टा भित्र केक डेलिभरी हुने उनले बताए ।