काठमाडौं । बेलायतले २०३० सम्ममा विद्युतीय सवारी साधन चार्जिङ स्टेशनको संख्या तीन लाखसम्म पुर्याउने योजना बनाएको छ। यसपश्चात बेलायतमा हालको चार्जिङ प्वाइन्टको संख्या १० गुणाले बढाउने अनुमान गरिएको छ ।
सरकारले विद्युतीय सवारी साधन पूर्वाधार रणनीतिमा २.१ अर्ब डलर लगानी गर्ने बताएको छ ।
चार्जिङ नेटवर्क अपग्रेड गर्ने योजनामा लामो यात्राका लागि फास्ट चार्जिङ स्टेशनहरूमा ध्यान केन्द्रित गर्ने र अफ-स्ट्रिट पार्किङमा पहुँच नभएका मानिसहरूका लागि विद्युतीय सवारी सहज बनाउने लगायतका कुराहरू समावेश गरिएको छ।
यसअघि घोषणा गरिएको ‘र्यापिड चार्जिङ कोष’ ले सन् २०३५ सम्ममा बेलायतको मोटरवेजमा छ हजारभन्दा बढी फास्ट चार्जिङ स्टेशनहरूको नेटवर्क स्थापना गर्न १.२५ अर्ब डलर विनियोजन गरेको छ ।