काठमाडौं । पब्जी मोबाइलको डेभलभर कम्पनी क्राफ्टनले नन-फन्जिबल टोकन (एनएफटी) र ब्लकचेनमा आधारित गेम ल्याउने भएको छ ।
यसका लागि क्राफ्टनले ब्लकचेन कम्पनी सोलाना ल्याब्ससँग साझेदारी गरेको छ । यो साझेदारीपछि क्राफ्टन र सोलानाले ब्लकचेन र एनएफटीमा आधारित खेल र सेवाको विकास, सञ्चालन, डिजाइन र मार्केटिङमा सहकार्य गर्ने जनाइएको छ ।
साथै वेब ३.० इकोसिस्टम निर्माणमा पनि यी दुई कम्पनीले मिलेर काम गर्नेछन् ।
क्राफ्टनले ब्लकचेन गेमिङको संसारमा प्रवेश गर्ने आफ्नो चाहना घोषणा गरेको एक महिनापछि नै यो साझेदारी भएको हो ।
तर कम्पनीले आफ्नो मुख्य गेम पब्जी मोबाइलमा ब्लकचेन टेक्नोलोजी प्रयोग गर्ने नगर्ने बारे केही खुलाएको छैन ।