close

आफ्नै नयाँ सामाजिक सञ्जाल ल्याउने एलन मस्कको संकेत

टेकपाना टेकपाना

चैत १३, २०७८ २१:१

आफ्नै नयाँ सामाजिक सञ्जाल ल्याउने एलन मस्कको संकेत

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले शनिबार ट्वीटर जस्ता सामाजिक सञ्जाललाई चुनौती दिने गरी नयाँ सामाजिक सञ्जाल आवश्यक भएरनभएको भन्दै ट्वीरमा पोल क्रियट गरेका छन् ।

शुक्रबारमात्रै उनले स्वतन्त्र अभिव्यक्तिको विषयलाई लिएर नयाँ प्रकारको सामाजिक सञ्जाल आवश्यक भएको हो कि भन्दै प्रश्न गरेका थिए ।

नयाँ सामाजिक सञ्जालको विषयलाई लिएर एकपछि अर्को प्रश्नले यतिबेला कतै मस्क आफ्नै नयाँ सामाजिक सञ्जाल ल्याउने तयारीमा त छैनन् ? भन्ने प्रश्न खडा भएको छ ।

शुक्रबार ट्वीटरमा निकै लामो छलफल भएको छ, जसमा उनले ट्वीटरले स्वतन्त्र अभिव्यक्तिलाई कायम राख्न नसकेको बताएका छन् । सँगै आफ्नै सोही ट्वीटमा रिप्लाई गर्दै उनले ‘के नयाँ प्लेटर्फम आवश्यक भएको हो ?’ भन्दै अर्को ट्वीट गरेका छन् ।

उनले एक दिनअघि अर्थात् बिहीबारमात्रै लेखेका थिए, ‘लोकतन्त्रका लागि स्वतन्त्र अभिव्यक्ति महत्वपूर्ण पाटो हो । के ट्वीटरले आफ्नो मान्यतलाई पूर्ण रुपमा पालन गर्छ ?’ मस्कले राखेको पोलमा २० लाख भन्दा बढीले रेस्पोन्स गरेका छन् ।

जसमा ७० प्रतिशतले आवश्यक नभएको बताएका छन् । फेरि उनले शुक्रबार अर्को पोल क्रियट गर्दै ट्वीटरको एल्गोरिदम ओपन सोर्स हुनुपर्छ भनेर राखेका छन् । त्यसमा सहभागी भएकामध्ये चार भागको तीन भागले हुनपर्छ भनेका छन् ।

उनको उक्त पोलमा ट्वीटरका पूर्वसीईओ ज्याक डोर्सीले कुन एल्गोरिदन प्रयोग गर्ने वा नगर्ने भन्ने विषय सबैको लागि खुला हुनुपर्छ भनेका छन् । यसरी एकपछि अर्को गर्दै स्वतन्त्र अभिव्यक्ति र नयाँ सामाजिक सञ्जालको कुराले कतै एलन मस्क नयाँ सामाजिक सञ्जालको तयारीमा त छैनन् ? भन्ने विषय यतिबेला चर्चामा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२