close

ह्वाट्सएपमा अब २ जीबीसम्मको फाइल शेयर गर्न सकिने

टेकपाना टेकपाना

चैत १४, २०७८ १८:३९

ह्वाट्सएपमा अब २ जीबीसम्मको फाइल शेयर गर्न सकिने

काठमाडौं । मेटा अन्तर्गतको इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपले ठूला फाइल पठाउन सकिने गरी प्रयोगकर्तालाई नयाँ फिचर उपलब्ध गराउने भएको छ ।

ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने वाबेटाइन्फोका अनुसार २ जीबीसम्मको फाइल पठाउन सकिने गरी कम्पनीले काम गरिरहेको छ ।

एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध हुने यो फिचर पहिलो चरणमा अर्जेन्टिनाका प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ ।

अन्य देशका प्रयोगकर्ताका लागि यो सुविधा कहिलेदेखि उपलब्ध हुन्छ भन्ने विषयमा केही खुलाइएको छैन ।

हाल ह्वाट्सएपमा अधिकतम १०० एमबी साइजका फाइल पठाउन सकिन्छ । बजारमा प्रतिस्पर्धी एपको रुपमा रहेको टेलिग्रामले हाल १.५ जीबीसम्मका फाइल पठाउन मिल्ने सुविधा दिँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३