close

कस्तो अवस्थामा ल्यापटप बन्द गर्ने वा स्लिप मोडमा राख्ने ? यस्तो छ जान्नैपर्ने कुरा

गणेश सुवेदी गणेश सुवेदी

चैत १४, २०७८ १८:१७

कस्तो अवस्थामा ल्यापटप बन्द गर्ने वा स्लिप मोडमा राख्ने ? यस्तो छ जान्नैपर्ने कुरा

काठमाडाैं । कम्प्युटर हाम्रो जीवनको अभिन्न अङ्ग जस्तै बनेको छ । सामान्यदेखि लिएर मुस्किल काम गर्न कम्प्युटर र यससँग सम्बन्धित उपकरण प्रयोग हुन थालेको छ  ।

कम्प्युटरमा भएका हार्डवेयर, सफ्टवेयर तथा प्रोगामहरुको आ-आफ्नै विशेषता र काम हुन्छन् । कम्प्युटरमा भएको स्लिप मोड र शटडाउनको पनि आ-आफ्नै विशेषता छ ।

आज हामी यी मोड कतिबेला र के कामका लागि प्रयोग हुन्छन् भन्ने कुराको जानकारी दिँदैछौ ।

स्लिप मोड के हो, अनि कस्ताे अवस्थामा प्रयाेग गर्ने ?

स्लिप मोड थाेरै विश्राम लिँदा, अथवा ब्याट्रीको पावर बचाउन प्रयोग गरिने मोड हो । यो मोड सबै कम्प्युटरमा हुन्छ । अहिलेका ल्यापटपमा लिड बन्द गर्ने बित्तिकै आफैं स्लिप मोडमा जाने सुविधा दिइएको छ ।

स्लिप मोडमा हुँदा ल्यापटपमा ओपन भएका एप तथा फाइलहरु र्‍याममा गएर बस्छन् । त्यसैले केही समयपछि त्यसलाई खोल्दा कुनै पनि समस्या हुँदैन । तर केही मात्रामा भने ब्याट्री खपत हुन्छ ।

स्लिप मोडका फाइदा

  • थोरै पावरमा ‍र्‍यामले कम्प्युटरमा गरिएका कामलाई सुरक्षित राख्नसक्छ । 
  • आफूले कम्प्युटरमा गरेका काम तुरुन्तै रिस्टोर गर्न सकिन्छ ।
  • स्लिप मोडमा जान लिड मात्र बन्द गरिदिए पुग्छ ।

स्लिप मोडका बेफाइदा

  • धेरै समय स्लिप मोडमा राख्दा थोरै थोरै गरेर पुरै ब्याट्री सकिन सक्छ ।
  • कम्प्युटरको र्‍यामले कहिल्यै ब्रेक (आराम) नपाउँदा र्‍याम ‍ओभर लोड हुनसक्छ ।

कम्प्युटर कहिले शटडाउन गर्ने ?

आफ्नो सबै काम सकिएपछि मात्र कम्प्युटरलाई शटडाउन गरिन्छ । शटडाउन गर्दा कम्प्युटरका सबै फाइल सफ्टवेयर तथा प्रोसेसहरु पूर्ण रुपमा बन्द हन्छन् ।

त्यसैले कम्प्युटर बन्द गर्नुभन्दा अगाडि सबै कामलाई सेभ गरेर मात्र बन्द गर्नुपर्छ । नत्र ती कामलाई रिकभर गर्न सकिँदैन ।

शटडाउन गर्नुका फाइदा

  • शटडाउन गर्दा र्‍यामले प्रयोग गरेका सबै मेमोरी फ्री हुन्छन्, जसले गर्दा कम्प्युटर फास्ट हुन्छ ।
  • शटडाउन गर्दा ब्याट्री खपत हुँदैन ।

शटडाउन गर्नुका बेफाइदा

  • पहिला गरिएका कामलाई पुनः सुरु गर्न समय लाग्छ ।
  • शटडाउन गर्दा पहिले गरिएका काम सेभ गर्न बिर्सियो भने ती काम (फाइल) हट्छन् ।

त्यसैले कम्प्युटरलाई कुन मोडमा राख्ने भन्ने कुरा तपाईंमा भर पर्छ । यदि लामो समयसम्म कम्प्युटरबाट ब्रेक लिँदा भने कम्प्युटरलाई शटडाउन गर्नु नै राम्रो हुन्छ । तर केही मिनेटका लागि मात्र विश्राम लिँदै हुनुहुन्छ भने स्लिप मोड उपयुक्त मोड हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३