close

भर्चुअल रियालिटी अनुभवलाई वास्तविक जस्तै बनाउने प्रविधि आउँदै

टेकपाना टेकपाना

चैत १६, २०७८ १४:२८

भर्चुअल रियालिटी अनुभवलाई वास्तविक जस्तै बनाउने प्रविधि आउँदै

काठमाडाैं । भीआर अर्थात भर्चुअल रियालिटीमा अब छोएको महसुस गर्न सकिने भएको छ ।

जास्मिन लु र उनका शिकागो विश्वविद्यालयका सहकर्मीहरू रसायन प्रयोग गरी संवेदना सिर्जना गर्न, भर्चुअल वातावरणलाई यथार्थपरक बनाउने काममा लागिरहेका छन् ।

‘केमिकल ह्याप्टिक्स’ नाम दिइएकाे यो प्रविधिमा भीआर प्रयोगकर्ताले लगाउन मिल्ने मसिन बनाइएको छ, जसलाई छालामा राख्दा  प्रयोगकर्ताले आवश्यकता अनुसार तातो/चिसो र अन्य अनुभवकाे महसुस गर्न सक्नेछन् ।

यो प्रविधिको विकासले गेमरहरूले भर्चुअल वातावरणमा वास्तविक वातावरणको जस्तो अनुभव गर्न पाउने छन् । साथै अग्नि नियन्त्रकहरूलाई प्रशिक्षण दिनको लागि पनि यो प्रविधि फलदायी हुने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३