close

ह्वाट्सएप भ्वाइस मेसेजमा ५ नयाँ फिचर, एउटाको मेसेज सुन्दै अर्कैसँग च्याट गर्न सकिने

टेकपाना टेकपाना

चैत १७, २०७८ १२:२१

ह्वाट्सएप भ्वाइस मेसेजमा ५ नयाँ फिचर, एउटाको मेसेज सुन्दै अर्कैसँग च्याट गर्न सकिने

काठमाडौं । ह्वाट्सएपले आफ्नो ब्लग पोस्टमार्फत नयाँ भ्वाइस मेसेज फिचर सार्वजनिक गरेको छ । यससँगै अब ह्वाट्सएपमा भ्वाइस च्याट गर्नु यस अघिभन्दा राम्रो हुनेछ । ह्वाट्सएपले सन् २०१३ मा भ्वाइस मेसेज सुरु गरेको थियो ।

तर समयसँगै यो फिचर त्यति लोकप्रिय हुन भने सकेन । यस्तोमा कम्पनीले यो फिचरका लागि नयाँ अपडेट ल्याएको हो । यसबाट भ्वाइस च्याट गर्न रमाइलो हुनेछ । ह्वाट्सएपको नयाँ भ्वाइस मेसेज फिचरमा केके छ, यस विषयमा चर्चा गरौँ । 

१. फास्ट प्ले ब्याकः 

ह्वाट्सएप भ्वाइस मेसेज सर्भिसमा फास्ट प्ले ब्याक स्पिड पाउन सकिनेछ । जसको सहयोगमा प्रयोगकर्ताले १.५x र २x को स्पिडमा भ्वाइस नोट प्ले गर्ने सुविधा पाउनेछन् । यसको अर्थ प्रयोगकर्ताले आफ्नो अनुकूलता अनुसार अडियो मेसेजको प्ले ब्याक स्पिड बढाउन वा घटाउन सक्नेछन् । 

२. वेभफर्म भिजुअलाइजेसनः 

ह्वाट्सएपको वेभफर्म भिजुअलाइजेसन फिचरको सहयोगमा प्रयोगकर्ताले भ्वाइस मेसेज रेकर्ड गर्दाको समयमा भिजुअल प्रिजेन्टेसन पाउनेछन् । प्रयोगकर्ताले यो फिचरको सहयोगमा भ्वाइस रेकर्डिङ गर्दाको समयमा कहाँ हाई पिच अथवा कहाँ लो पिच रहेको छ भन्ने कुरा विचार गर्न सक्नेछन् । साधारण शब्दमा भन्नुपर्दा भ्वाइस नोट एडिट गर्ने अप्सन पाउन सकिनेछ । 

३. ड्राफ्ट प्रिभ्युः 

ह्वाट्सएप भ्वाइस मेसेजिङ सुविधामा ड्राफ्ट प्रिभ्यु अप्सन पाउन सकिनेछ । यसको अर्थ प्रयोगकर्ताले भ्वाइस नोट पठाउनु अघि त्यसलाई सुनेर एडिट गर्ने विकल्प पाउनेछन् । 

४. आउट अफ च्याट प्लेब्याकः 

ह्वाट्सएपमा आउट अफ च्याट प्लेब्याक सुविधा समेत पाउन सकिनेछ । जसमार्फत प्रयोगकर्ताले च्याटभन्दा बाहिर जाँदा पनि भ्वाइस नोट सुन्ने सुविधा पाउने छन् । यसको अर्थ भ्वाइस नोट ब्याकग्राउन्डमा प्ले भइरहनेछ । यस बाहेक रिमेम्बर प्लेब्याकको सुविधा समेत पाइनेछ । 

५. पज तथा रिजुम रेकर्डिङः 

ह्वाट्सएपमा भ्वाइस नोट प्ले तथा पज गर्ने सुविधा समेत उपलब्ध हुनेछ । यसको अर्थ प्रयोगकर्ताले भ्वाइस मेसेज सुन्दै गर्दा बीचमै छोड्न सक्ने र पुनः सुन्न खोज्दा रोकिएकै स्थानबाट प्ले हुनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३