close

भन्सार छली गरी मोबाइल ल्याउने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

चैत १७, २०७८ १३:४५

भन्सार छली गरी मोबाइल ल्याउने व्यक्ति पक्राउ

काठमाडौं । भन्सार छली गरी मोबाइल ल्याएको भन्दै एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २९ वर्षीय आशिक श्रेष्ठलाई नागार्जुनबाट पक्राउ गरेको हो ।

प्रहरीले श्रेष्ठको मोबाइल पसल खानतलासी गर्ने क्रममा विभिन्न ब्राण्डका दुई लाख मूल्य बराबरका ३० थान फोन बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा आईफोन, सामसङ, वनप्लस, ओप्पो, रेड्मी, भिभो, रियलमी लगायत ब्राण्डका फोन कर छली गरी ल्याएको खुलेको प्रहरीले जनाएको छ ।

No photo description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३