काठमाडौं । युक्रेनमाथि युद्ध थालेयता रुससँग सूचना प्रविधिका अधिकांश ठूला कम्पनी टाढिएका छन् । नाम चलेका धेरैजसो कम्पनीले रुसमा आफ्ना सेवा बन्द एवं कटौती गरेका छन् ।
एप्पल र गुगलले पनि रुसमा आफ्ना एप स्टोरको प्रयोगमा प्रतिबन्ध लगाएका छन् । यसको प्रत्यक्ष असर त्यहाँका स्थानीय कम्पनी एवं व्यवसायी र तीनका ग्राहकलाई परेको छ ।
यो समस्याको समाधानका लागि रुसमा छुट्टै एप स्टोर सार्वजनिक हुन लागेको खबर रोयटर्सले लेखेको छ । उसका अनुसार गुगल प्ले स्टोरको विकल्पका रुपमा रुसी डेभलपरहरुले नाश स्टोर (नेपालीमा-हाम्रो स्टोर) विकास गरिरहेका छन् ।
यो एप स्टोर आगामी मे ९ मा सार्वजनिक हुने जनाइएको छ । पछिल्लो समय सूचना प्रविधिमा आफ्नै दुनियाँ सिर्जना गर्ने योजनामा रहेको रुसलाई विदेशी प्रविधिबाट छुटकारा पाउने एक अवसरका रूपमा एप स्टाेरलाई लिइएकाे त्यहाँका अधिकारीहरूले बताएका छन् ।