close

धेरै हल्लिएको भिडिओ आयो ? मोबाइलबाटै यसरी सुधार्नुहोस्

टेकपाना टेकपाना

चैत २०, २०७८ १७:१२

धेरै हल्लिएको भिडिओ आयो ? मोबाइलबाटै यसरी सुधार्नुहोस्

काठमाडौं । यदि तपाईं व्यावसायिक भिडिओग्राफर हुनुहुन्छ वा भिडिओग्राफीतिर इच्छुक हुनुहुन्छ भने इमेज स्टेबलाइजेसन फिचरको महत्वबारे बुझ्नु नै भएको छ होला । यदि छैन भने पनि यसरी बुझ्नुहोस् हामीलाई सामान्य वा आकर्षित प्रोफेसनल भिडिओ बनाउनुपर्दा स्टेबलाइजेसन निकै आवश्यक पर्ने गर्छ ।

सामान्यतः फोन वा डीएसएलआर क्यामेराबाट हिँडेर भिडिओ रेकर्ड गर्दा स्टेबल हुँदैन । भन्नुको अर्थ भिडिओ एकै ठाउँमा अडिग नभएर हल्लिरहेको जस्तो देखिन्छ । जसले गर्दा भिडिओ हेर्ने व्यक्तिलाई कन्टेन्ट जतिसुकै राम्रो भए पनि हेर्दा केही स्तरीय दृश्यको अभाव भइरहन्छ ।

आकर्षक तथा स्तरीय भिडिओ निर्माणका लागि स्टेबलाइजेसन फिचर निकै नै आवश्यक हुन्छ । कतिपय स्मार्टफोनले स्टेबलाइजेसन फिचर फोनको क्यामेरामा नै उपलब्ध गराएका हुन्छन् ।

स्टेबलाइजेसनको फिचर हुनुले केही हदसम्म भिडिओ स्टेबल बनाए पनि पूर्ण रूपमा स्टेबल बनाउन सक्दैन । विशेषगरी भ्लगर वा मोटो भ्लगरका लागि स्टेबलाइजेसन फिचर निकै आवश्यक हुन्छ ।

प्रायः हिँडेर वा कुनै साधनमा बसेर भिडिओ रेकर्ड गर्दा बाटोको अवस्थाले होस् वा सो साधनको भाइब्रेसनले होस् भिडिओ धेरै नै अनस्टेबल हुन्छ । सो भिडिओलाई स्टेबल बनाउन पनि स्टेबलाइजेसन फिचर निकै उपयोगी हुन सक्छ ।

स्टेबलाइजेसन फिचर प्रिमियम भिडिओ इडिटिङ सफ्टवेयरमा हुने भए पनि सामान्य भिडिओ इडिटिङ सफ्टवेयर वा एपमा नहुन सक्छ । भए पनि स्टेबलाइजेसन फिचरले हामीले अपेक्षा गरे अनुरूप भिडिओ स्टेबलाइज नगर्न सक्छ ।

स्तरीय स्टेबलाइजेसन फिचर हामी बिना कुनै थर्ड पार्टी एप सहजै गुगल फोटोजका माध्यमबाट प्रयोग गर्न सक्छौं ।

गुगल फोटोजमा भिडिओ कसरी अपलोड गर्ने ?

  • यदि फोटोजमा भिडिओ क्लिपहरू ब्याकप हुने सिस्टम छ भने भिडिओ स्वतः गुगल फोटोजमा भेटिन्छ । यदि छैन भने ग्यालरीमा भएको भिडिओ क्लिप गुगल फोटोजमा शेयर गर्नुपर्ने हुन्छ ।
  • त्यसका लागि सबैभन्दा पहिले ग्यालरीमा गएर आफूले स्टेबल गर्न चाहेको भिडिओ सेलेक्ट गर्नुहोस् ।
  • त्यसपछि सेन्डमा ट्याप गर्नुहोस् । सेन्डमा ट्याप गरी सकेपछि त्यहाँ थुप्रै अप्सन देखिन्छन् । त्यही मध्येबाट गुगल फोटोजमा ट्याप गर्नुपर्ने हुन्छ ।
  • त्यसपछि तलपट्टि क्यान्सिल र अपलोडको अप्सन देखिन्छ । अपलोडमा ट्याप गर्नुभयो भने क्लिप गुगल फोटोजमा शेयर हुन्छ ।

गुगल फोटोजमा भिडिओ स्टेबलाइजेसन फिचर कसरी प्रयोग गर्ने ? 

  • यदि तपाईंले स्टेबलाइज गर्नुपर्ने भिडिओ क्लिप गुगल फोटोजमा शेयर गर्नुभएको छ वा ब्याकअपका रुपमा छ भने सो भिडिओमा ट्याप गर्नुहोस् ।
  • भिडिओमा ट्याप गरिसकेपछि तलपट्टि तीनवटा अप्सन देखिन्छन् (शेयर, एडिट र डिलिट) ।
  • त्यसपछि बीचको एडिटमा ट्याप गर्नुभयो भने लोड हुन केही समय लाग्छ ।
  • नयाँ इन्टरफेसमा एक्सपर्ट फ्रेम को अप्सन देखिन्छ । बायाँपट्टि दुईवटा अप्सन देखिन्छन् । एउटा साउन्ड र अर्को स्टेबलाइजेसनको ।
  • स्टेबाइजेसनमा ट्याप गर्नुभयो भने भिडिओ स्वतः स्टेबलाइज हुन थाल्छ ।
  • स्टेबलाइज भइसकेपछि सेभ कपी गर्नुभयो भने भिडिओ ग्यालरीमा सेभ हुन्छ । जबसम्म क्वालीटीको स्टेबलाइज हुँदैन, तबसम्म गरिरहनु भयो भने स्तरीय भिडिओ निर्माण गर्न सक्नुहुन्छ ।

भिडिओ स्टेबलाइज गर्दा त्यसको साइजमा केही फरक आए पनि क्वालिटी खासै फरक आउँदैन । त्यसैले भ्लगर वा भिडिओग्राफरले गुगल फोटोजको यो फिचर प्रयोग गरेर स्तरीय भिडिओ निर्माण गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३