close

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा पौडेल नियुक्त

टेकपाना टेकपाना

चैत २१, २०७८ १०:४९

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा पौडेल नियुक्त

काठमाडौं । सफ्टवेयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त भएका छन् ।

१६ वर्षभन्दा लामो बैंकिङ क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलमा आबद्ध भएका हुन् । उनीसँग नविल बैंकमा १३ वर्षसम्मको डिजिटलाइजेशन हेड, कार्ड एन्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेको अनुभव छ ।

नविल बैंकमै उनले टेक्नोलोजी एन्ड डिजिटल बिजनेसका रुपमा समेत काम गरेका थिए । यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङको टेक्नोलोजी पार्टमा समेत आबद्ध थिए ।

एफवान सफ्टमा पौडेलको आवद्धतासँगै कम्पनीले विश्वमा विकास भएका नवीनतम प्रविधिलाई नेपाली माटो सुहाउँदो बनाउनुका साथै नेपालमा पनि आममानिसको दैनिक जनजीवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीले राखेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५