close

ट्वीटरमा एलन मस्कले गरे साढे ३ खर्ब बढी लगानी

टेकपाना टेकपाना

चैत २१, २०७८ १८:४२

ट्वीटरमा एलन मस्कले गरे साढे ३ खर्ब बढी लगानी

काठमाडौं । एलन मस्कले ट्वीटरमा तीन अर्ब डलर (तीन खर्ब ६२ अर्ब रुपैयाँभन्दा बढी) बराबरको शेयर खरिद गरेका छन् । योसँगै प्रि-मार्केट ट्रेडिङमा कम्पनीको शेयर मूल्य २५ प्रतिशतले वृद्धि भएको छ ।

मस्कले ट्वीटरको ९.२ प्रतिशत अर्थात् सात करोड ३४ लाख ८६ हजार ९३८ कित्ता शेयर खरिद गरेका हुन् । योसँगै मस्क ट्वीटरको सबैभन्दा धेरै कित्ताको स्वामित्व भएको शेयरधनी बनेका छन् ।

जबकि ट्वीटरका संस्थापक ज्याक डोर्सेको नै ट्वीटरमा २.२५ प्रतिशत मात्र शेयर छ । मस्क ८ करोड भन्दा बढी फलोअर भएको ट्वीटर अकाउन्टका नियमित प्रयोगकर्ता हुन् ।

केही समयअगाडि मात्र उनले आफ्नो नयाँ सामाजिक सञ्जालको प्लेटफर्म निर्माण गर्ने भनेर ट्वीटर मार्फत नै बताएका थिए ।

ट्वीटरले अभिव्यक्ति स्वतन्त्रालाई गम्भीर रुपमा लिएको छ वा छैन भनेर आफ्नो ट्वीट मार्फत प्रश्न गर्दै मस्कले नयाँ प्लेटफर्म बनाउने बताएका थिए । यद्यपि अधिकांशको सोच विपरीत उनले ट्वीटरको नै शेयर खरिद गरेका छन् ।

उनी ट्वीटर मार्फत आफ्ना कम्पनीहरू ट‍ेस्ला, न्युरालिंक र स्पेसएक्सको विषयमा विभिन्न सूचनाहरू नियमित रुपमा दिने गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५