close

फेसबुकबाट चिनजान, होटलमा बोलाएर बलात्कार

टेकपाना टेकपाना

चैत २२, २०७८ १२:२७

फेसबुकबाट चिनजान, होटलमा बोलाएर बलात्कार

काठमाडौं । फेसबुकबाट साथी बनाएर खाजा खुवाउने बहानामा होटलमा लगेर बलात्कार गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिराहा जिल्ला सिराहा नगरपालिका बस्ने २९ वर्षीय मुकेशकुमार यादव र ३६ वर्षीया पीडित महिला सामाजिक सञ्जाल फेसबुकमा जोडिएका थिए । विवाहित समेत रहेकी ती महिला बेलाबखत ती युवकसँग कुरा गरिरहन्थिन् ।

फेसबुकबाट साथी बनेका उनीहरू त्यसभन्दा अघि एक-अर्काका लागि अपरिचित थिए । फेसबुक म्यासेन्जरमा कुरा हुँदै जाँदा चैत १५ गते मुकेशले ती युवतीलाई सँगै खाजा खाने योजना बनाए ।

पीडित महिलाले उनको प्रस्ताव सहजै स्वीकारिन् । त्यसपछि ती युवकले मन्थलीकै एक होटेलमा पुर्‍याएर कोठा बन्द गरी जबरजस्ती बलात्कार गरेको पीडित महिलाले दिएको उजुरीमा उल्लेख छ ।

‘उनीहरूबीच धेरै पहिले फेसबुकमा चिनजान भएको भए पनि चैत १५ गते भेटेर खाजा खाने योजना थियो,’ प्रहरी नायब उपरीक्षक राजकुमार थिङले भने, ‘साेही दिन बलात्कार घटना भएको पाइएकाे छ । पीडित महिलाले चैत १९ गते दिएको उजुरीका आधारमा हामीले यादवलाई पक्राउ गरी अनुसन्धान थालेका छाैं ।’

यादवले ती महिलालाई घटनाका बारेमा कही कतै भने मार्ने धम्की दिएको भएर महिलाले केही दिन घटना लुकाइन् । बलात्कारपछि फरार रहेका यादवलाई इलाका प्रहरी कार्यालय खुर्कोटको सहयोगमा शनिबार साँझ पक्राउ गरी जबर्जस्ती करणीको अभियोगमा अनुसन्धान थालिएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५