काठमाडौं । आउँदो जेठ १४ मा हुन लागेको भारतीय कलाकार सलमान खानको ‘दबंग टुर’ को अनलाइन टिकट प्रभु पेबाट खरिद गर्न सकिने भएको छ ।
प्रभु पे डिजिटल वालेटबाट कार्यक्रमको दिनसम्म प्रयोगकर्ताले सहजै आफ्नो टिकट बुकिङ गर्नसक्ने जनाइएको छ ।
दशरथ रंगशालामा हुने सो कार्यक्रमको टिकट दर पाँच हजार रुपैयाँ देखि २५ हजार रुपैयाँसम्म तोकिएको छ ।
आफ्नो केवाईसी भेरिफाई गरेर प्रयोगकर्ताले प्रभु पे वालेट मार्फत टिकट खरिद गर्न सक्नेछन् । त्यसैगरी प्रभु पेको ’किअस्क’ मसिनबाट पनि टिकट बुक गर्न सकिनेछ ।