काठमाडौं । एलन मस्कले ट्वीटरमा ‘एडिट’ बटन राख्ने/नराख्ने विषयमा प्रयोगकर्तामाझ राय मागेका छन् । हालै ट्वीटरको ९.२ प्रतिशत शेयर किनेका मस्कले आजैमात्र ट्वीटमार्फत मत मागेका हुन् ।
उनले ‘के तपाईं एडिट बटन चाहनुहुन्छ?’ भन्दै पोल क्रियट गरेका छन् । जसमा हालसम्म १९ लाखभन्दा बढीले भोट गरिसकेका छन् ।
त्यसमध्ये ७४.१ प्रतिशतले आवश्यक रहेको बताएका छन् । भने, बाँकी २५.९ प्रतिशतले एडिट बटन आवश्यक नरहेको बताएका छन् ।
अर्कोतर्फ मस्कले एडिट बटन राख्नेबारे मत मागेपछि ट्वीटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले त्यसलाई रिट्वीट गर्दै सोचविचार गरेरमात्रै भोट दिन आग्रह गरेका छन् । ‘यो पोलको रिजल्ट महत्वपूर्ण हुनेछ,’ उनले लेखेका छन, ‘त्यसैले सोचविचार गरेरमात्रै भोट दिन आग्रह गर्दछु ।’