काठमाडौं । भारतका तीन दूरसञ्चार सेवाप्रदायक कम्पनी मिलेर फाइभजी फ्रिक्वेन्सी अक्सनमा गैरदूरसञ्चार कम्पनीलाई फ्रिक्वेन्सी लिनबाट राेक्ने तयारी गरेका छन् ।
रिलायन्स जिओ, भारती एयरटेल तथा भोडाफोन मिलेर आउँदो फाइभजी फ्रिक्वेन्सीको अक्सनमा बाहिरी कम्पनीलाई रोक्ने तयारी भएको जनाइएको छ ।
गैरदूरसञ्चार कम्पनीलाई फ्रिक्वेन्सी उपलब्ध भएको खण्डमा आफ्नो आम्दानीमा असर पर्ने हुँदा उनीहरु एक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
भारत सरकारले गएको फेब्रुअरीमा फाइभजी फ्रिक्वेन्सी अक्सनको विस्तृत जानकारी सार्वजनिक गरेको थियो । जसअनुसार यो वर्षको अन्तसम्म अक्सन हुनेछ । भने, इन्टरप्राइज कम्पनीहरूले पनि अक्सनमा भाग लिन पाउने जनाइएको छ ।
इन्टरप्राइज कम्पनीहरूले फ्रिक्वेन्सी लिएर आफ्नै छुट्टै फाइभजी नेटवर्क बनाउनसक्ने प्रावधान राखिएको छ । यस्तोमा तीन दूरसञ्चार कम्पनीहरूले अक्सनमा इन्टरप्राइज कम्पनीहरूबाट फ्रिक्वेन्सी हात पार्ने योजना बनाएका हुन् ।