close

अब नागरिक एपबाटै वैदेशिक अध्ययन स्वीकृति पत्र लिन सकिने, जीपीएसको सहयोगमा प्रहरी सम्पर्क

टेकपाना टेकपाना

चैत २७, २०७८ १४:१

अब नागरिक एपबाटै वैदेशिक अध्ययन स्वीकृति पत्र लिन सकिने, जीपीएसको सहयोगमा प्रहरी सम्पर्क

काठमाडौं । अब नागरिक एपबाटै वैदेशिक अध्ययन स्वीकृति पत्र अर्थात् नो अब्जेक्सन सर्टिफिकेट (एनओसी ) लिन सकिने भएको छ । विदेशमा पढ्न जाने विद्यार्थीको लागि सरकारले दिने स्वीकृति पत्रको आवेदनसँगै त्यसको भुक्तानी समेत गर्न सकिने गरी नागरिक एप अपडेट भएको हो । 

आईओएस र एन्ड्रोइड दुवै भर्सनमा यो अपडेट आइसकेको छ । एनओसीको भुक्तानीका साथै एपमा अब कोरोना विरुद्धको खोपको बुस्टर डोजको विवरण पनि भर्न मिल्ने भएको छ ।

त्यस्तै स्वास्थ्य बीमा बोर्डले वितरण गरेको स्वास्थ्य बीमा नवीकरण तथा शुल्क समेत तिर्न सकिने सुविधा पनि नागरिक एपमा थपिएको छ । 

यद्यपि यसको अपडेट केही दिनपछि मात्रै उपलब्ध हुने बताइएको छ ।

साथै सवारीसाधानको विवरण, नेपाल विद्युत प्राधिकरणको सेवा र आफू नजिकै रहेको प्रहरी कार्यालयको सम्पर्क प्राप्त गर्न सकिने सुविधा पनि नयाँ अपडेटमा पाउन सकिनेछ ।

प्रहरीको सम्पर्क फेला पार्न नागरिक एपमा रहेको नेपाल पुलिस विकल्पमा गएर आफ्नो मोबाइलको लोकेसनमा पहुँच दिनुपर्ने हुन्छ ।

यति गरेसँगै नागरिक एपले जीपीएसको आधारमा नजिकैको प्रहरी कार्यालयको सम्पर्क नम्बर र त्यहाँसम्म पुग्ने नेभिगेसन सहितको नक्सा समेत देखाउँछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४