close

दुईवटा आईफोन चार्ज गर्न मिल्ने टाइप-सी चार्जर ल्याउँदै एप्पल

टेकपाना टेकपाना

चैत २७, २०७८ १४:५९

दुईवटा आईफोन चार्ज गर्न मिल्ने टाइप-सी चार्जर ल्याउँदै एप्पल

काठमाडौं । एप्पलले टाइप-सी चार्जर ल्याउने भएकाे छ । हालै कम्पनीकाे वेबसाइटमा ‘गल्तीले’ लिक भएकाे एक डकुमेन्ट अनुसार एप्पलले ३५ वाट डुअल पोर्ट यूएसबी-सी पावर एडप्टर ल्याउने भएकाे छ ।

एप्पलले यो सामान कहिले सार्वजनिक गर्छ भन्ने कुरा बाहिर आइसकेको छैन । तर, एप्पलले यसमा पहिलेदेखि नै काम गरिरहेको सार्वजनिक डकुमेन्टले स्पष्ट बनाएको हो ।

यस चार्जरमा कम्पनीले सम्भवतः जीएएन प्रविधि प्रयोग गर्न सक्छ । तर लिक भएकाे डकुमेन्टमा याे प्रविधि प्रयोग गर्ने कुरा उल्लेख छैन ।

जीएएन प्रविधि कम ताप उत्पादन गर्ने प्रविधिका रूपमा परिचित छ । जसको अर्थ उत्पादनकर्ताले चार्जरका कम्पोनेन्टहरू निचोर्दा आगो लाग्ने डर हुँदैन । यसले गर्दा चार्जिङका सामान कम लाग्छन् ।

गत वर्ष डिजिटाइम्सले सार्वजनिक गरेको प्रतिवेदनमा एप्पल यूएसबी-सी पोर्ट भएका जीएएन चार्जरमा काम गरिरहेको उल्लेख गरेको थियो ।

एप्पलले आईफोनका लागि बेच्ने जीएएन चार्जरहरू यूएसबी-सी चार्जरको तुलनामा साना तथा छिटो चार्ज गर्ने क्षमताका छन् । एप्पलको वेबसाइटमा सार्वजनिक भएको डकुमेन्ट पोस्ट भएको केही समयमा नै हटाइएको थियो ।

गत महिना टिएफ अन्तर्राष्ट्रिय विश्लेषक मिङ चु कुओले एप्पलले सन् २०२२ मा ३० वाट सपोर्ट गर्ने नयाँ जिएएन चार्जर ल्याउन सक्ने कुरा ट्वीट गरेका थिए । साथै उनले त्यसमा नयाँ डिजाइन हुनसक्ने अनुमान गरेका थिए ।

३५ वाट पावर भएको डिभाइसले आईफोन र एप्पल वाच वा अन्य एप्पलका दुई उत्पादन सँगसँगै चार्ज गर्न सक्ने बताइएको छ । उदाहरणका लागि आईफोन १३ प्रो म्याक्स २७ वाट चार्जरको सहयाताले तीब्र गतिमा चार्ज हुन्छ ।

अब ३५ वाटको चार्जरले एउटा आईफोन र अर्को ५ वाट पावर खपत गर्ने एप्पल वाच फास्ट स्पीडमा चार्ज गर्न सकिन्छ । एप्पलले डुअल पोर्ट भएको चार्जर सार्वजनिक गर्न बाँकी नै छ ।

यसले के खुलस्त पार्छ भने ति सामानले यूएसबी-सी पावर वितरण प्रविधिले सपोर्ट गर्नेछन् । यो कहिले सार्वजनिक हुन्छ भन्ने कुरा बाहिर नआएको भए पनि प्रयोगकर्ता यूएसबी-सी पोर्ट प्रयोग गर्न उत्सुक छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४