काठमाडौं । माइक्रोसफ्टले रूसी सैन्य जासुसी संस्थासँग सहकार्यमा काम गरिरहेको ह्याकिङ समूह ‘फेन्सी बियर’ सँग सम्बन्धित ७ वटा डोमेन कब्जामा लिएको छ ।
ती डाेमेनबाटले युक्रेनी मिडिया, अमेरिका तथा युरोपेली युनियनका विदेशी नीतिसँग सम्बन्धित थिंक ट्याङ्क (विज्ञ समूह) का साइटहरुमा हमला हुँदै आएको माइक्राेसफ्टले जनाएकाे छ ।
युक्रेनको अदालतले केही दिनअघि गरेको आदेशका आधारमा माइक्रोसफ्टले त्यस्ता सात साइट कब्जामा लिएको बताइएको छ ।
त्यसका लागि माइक्रोसफ्टले साइबर सुरक्षा विज्ञले मालिसियस कनेक्सनको अध्ययन तथा विश्लेषण गर्ने सर्भरमा ती वेबसाइटलाई रिडाइरेक्ट गरेको थियो । त्यहीँबाट ‘फेन्सी बियर’ सँग सम्बन्धित फेला परेका सात वेबसाइट कब्जा गरेको बताइएको छ ।
कम्पनीका अनुसार योसँगै ‘फेन्सी बियर’ सँग सम्बन्धित वेबसाइट बन्द हुनेको संख्या १०० पुगेको छ ।