काठमाडौं । टेस्लाका मालिक एलन मस्कले ट्वीटरको बोर्डमा नबस्ने निर्णय गरेका छन् । अघिल्लो सातामात्रै ट्वीटरको सबैभन्दा बढी शेयर खरिद गरेसँगै मस्क ट्वीटरको बोर्डमा समावेश हुने धेरैको अनुमान थियो ।
साथै ट्वीटरका सीईओ पराग अग्रवालले समेत गत मंगलबार मस्क बोर्डमा जोडिन जानकारी दिएका थिए । तर, मस्कले सबैको अपेक्षा भन्दा बाहिर गएर आफू बोर्डमा नबस्ने जानकारी ट्वीटरलाई गराएका छन् । ट्वीटरका सीईओ अग्रवालले कम्पनीलाई लेखेको म्यासेजमार्फत मस्क बोर्डमा समावेश नहुने जानकारी दिएका हुन् ।
Elon has decided not to join our board. I sent a brief note to the company, sharing with you all here. pic.twitter.com/lfrXACavvk
यसअघि अघिल्लो साथ मस्कले ट्वीटरको ९.२ प्रतिशत शेयर खरिद गरेका थिए । जुन ट्वीरको शेयर होल्डरहरू मध्ये कुनै पनि एक व्यक्तिसँग रहेको यो नै सबैभन्दा बढी शेयर हो । कम्पनीका संस्थापक ज्याक डोर्सीकै नाममा जम्मा दुई प्रतिशत शेयर रहेको छ । यस्तोमा सबैभन्दा बढी शेयर खरिद गरेका मस्क बोर्डमा समावेश हुने अपेक्षा गरिएको थियो ।
तर, मस्कसँगको निरन्तर छलफलका बावजुद पनि उनले बोर्डमा नबस्ने निर्णय लिएको अग्रवालले बताएका छन् । उनले बोर्डमा समावेश नभएपनि कम्पनीको सबैभन्दा ठुलो शेयर होल्डरका नाताले मस्कका लागि ट्वीटर सँधै खुला रहेको समेत बताएका छन् ।