close

इयरफोन लामो समय प्रयोग गर्दा के हुन्छ ?

टेकपाना टेकपाना

चैत २९, २०७८ १२:५२

इयरफोन लामो समय प्रयोग गर्दा के हुन्छ ?

काठमाडौं । हामी प्रायः सबैले इयरफोन, इयरबड, एयरपड, हेडफोन दैनिकजसो प्रयोग गरिरहेका हुन्छौं । कुनै समयमा धेरैको मनमा एउटा प्रश्न आइरहेको हुनसक्छ । के हामीले प्रयोग गर्ने विभिन्न इयरफोन हाम्रो कानका लागि साँच्चै हानिकारक हुन्छन् ?

तपाईंहरूले धेरै ठाउँमा इयरफोन हाम्रा लागि खराब हुन्छ भन्ने सुन्नुभएको छ होला । आज हामी साँच्चै इयरफोनहरू हाम्रा लागि लाभदायक वा हानिकारक के हुन्छन् भन्ने विषयमा चर्चा गर्छौं ।

प्रायः नाम चलेका ठूला कम्पनीले बनाएको इयरफोनका सामग्रीहरू प्रयोगकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै निर्माण गरेका हुन्छन् ।  तर, सबै प्रयोगकर्तालाई उनीहरूले निर्माण गरेका इयरफोन उपयुक्त हुन्छ भन्ने हुँदैन ।

कतिपय अवस्थामा उनीहरू रहेको वातावरणले त्यसलाई कसरी प्रभाव पारेको छ भन्ने ठूलो भमिका खेल्छ । त्यसैले हामी सबै पक्षलाई समेटेर चर्चा गर्दै छौं ।

यसका लागि सबैभन्दा पहिले हामीले डेसिबल (Decibal) का बारेमा जानकारी पाउन जरूरी हुन्छ । सबैभन्दा पहिले यो जान्नुहोस् कि ७० डेसिबलभन्दा तलको ध्वनि हाम्रो कानका लागि खतरनाक हुँदैनन् ।

यदि ७० देखि ९० डेसिबलसम्मको ध्वनि धेरै समय सुन्दा यो केही हदसम्म खतरनाक हुनसक्छ । त्यस्तै १०० डेसिबलभन्दा माथिको ध्वनि निकै नै खतरनाक हुन्छ ।

यो जुनसुकै अवस्था आए पनि नसुन्दा नै राम्रो हुन्छ । हामीले जेट प्लेनका बारेमा त सुनकै छौँ होला । त्यसको ध्वनि १४० डेसिबलको हुन्छ ।

यसबाट अन्दाज लगाउन सकिन्छ कि जेट प्लेनको ध्वनि कति सम्मको खतरनाक हुन्छ । ठ्याक्कै यसको आधि अर्थात् ७० डेसिबलसम्मको ध्वनि हाम्रा लागि उपयुक्त हुन्छ ।

समग्रमा कुरा यो हो कि, इयरफोन हाम्रा लागि त्यसबेला खराब हुन्छ, जब हामी ७० देखि ९० डेसिबल वा सोभन्दा माथिको आवाजमा केही कुरा घन्टौँसम्म सुनिरहेका हुन्छौं ।

सामान्यतः ३-४ घन्टा सुन्दा केही फरक पर्दैन । तर, त्यसभन्दा बढी वा लगातार ७-८ घन्टासम्म ठूलो ध्वनिको संगीत सुनिरहेका छौ भने त्यसले हाम्रो कानमा असर पुर्‍याउँछ ।

यदि त्यसरी लामो समयसम्म चर्को आवाजमा इयरफोनबाट संगीत वा केही सुन्यो भने त्यो हाम्रा लागि खराव सावित हुन्छ । इयरफोन प्रयोग गर्दैमा यसले हजुरको कानलाई असर गर्छ भन्ने हुँदैन ।

असर त तब गर्छ, जब हजुर धेरै बेरसम्म ठूलो आवाजमा केही सुनिरहनु हुन्छ । अब कसरी थाहा पाउने कि, हामीले ७० डेसिबलभन्दा तलको आवाजमा संगीत बजिरहेको छ भन्ने कुरा ?

अक्सर धेरै एन्ड्रोइड र आईओएस फोनहरूमा ७० देखि ७० प्रतिशतसम्मको ध्वनि हुन्छ, त्यो नै हाम्रा लागि लामो समयसम्म उपयुक्त हुन्छ ।

यदि फोनको आवाज १०० प्रतिशत लगाएर कसैले संगीत या अरू केही सुन्छ भने उसलाई तब त्यसको असर महसुस हुन्छ जब उसले लामो समयसम्म सुनिरहेको हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४