अत्यधिक तातो अथवा अत्यधिक चिसो मोबाइल ब्याट्रीको लागि हानिकारक मानिन्छ । त्यसैले पनि मोबाइल निर्माताले आफ्ना प्रयोगकर्तालाइ यसको तापक्रम न्युनतम पनि ३२ डीग्री फरेनहाइटसम्म राख्नुपर्छ भन्ने सन्देश दिन्छन् ।
अत्यधिक चिसोमा मोबाइलको ब्याट्री चार्ज छिटै सकिन्छ । यतिबेला नेपालका अधिकांश भूभागमा चिसो मौसम चलिरहेको छ । कतिपय ठाउमा त हिमपात नै भैरहेको छ ।
यस्तोबेला विजुलीको पनि भर नहुने हुँदा सम्पर्क विच्छेदको सम्भावना रहन्छ । यहाँ केही त्यस्ता टिप्स छन्, जसले जाडोमा पनि तपाइंको मोबाइलको ब्याट्री चार्ज केही लामो समय टिकाउन सहयोग गर्छ ।
मोबाइललाइ शरिरसँग जोडिने गरि राख्नुहोस्, अर्थात ज्याकेट अथवा प्यान्टको खल्तीमा । शरिरबाट उत्पन्न हुने तापक्रमले मोबाइललाई तातो बनाइराख्छ । यसले न्युनतम तापक्रम कायम गर्न सहयोग पनि गर्छ ।
पावर सेभिङ मोड अन गर्नुहोस् । यसले अनावश्यक ब्याट्री खपत घटाउछ ।