close

४५ रुपैयाँमा स्मार्टको ३ जीबी डेटा, हरेक रिचार्जमा बोनस पाइने

टेकपाना टेकपाना

चैत २९, २०७८ १७:४४

४५ रुपैयाँमा स्मार्टको ३ जीबी डेटा, हरेक रिचार्जमा बोनस पाइने

काठमाडौं । स्मार्ट टेलिकमले ‘हर्षैहर्षको नयाँ वर्ष’ योजना ल्याएको छ । नयाँ वर्ष २०७८ को अवसर पारी सार्वजनिक गरिएको यस योजना अन्तर्गत ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यू इयर डेटा’ अफर रहेको छ ।

यसअन्तर्गत प्रत्येक रिचार्जमा भ्वाइस प्याक, डेटा प्याक, एसएमएस प्याक लगायत विभिन्न प्रकारका बोनस उपहार पाइने कम्पनीले जनाएकाे छ ।

ग्राहकले ५० रूपैयाँदेखि १,००० रूपैयाँसम्मकाे ब्यालेन्स रिचार्ज गर्दा भ्वाइस, एसएमएस र डेटा प्याक पाउनेछन् ।

यसअन्तर्गत १,००० रूपैयाँकाे रिचार्ज गर्दा ७ जीबी डेटाका साथै २५० मिनेटसम्म कल र २५० एसएमएस (सबै नेटवर्कमा प्रयाेग गर्न सकिने) पाउनेछन् ।

त्यस्तै ५०० रूपैयाँकाे रिचार्ज गर्दा ३ जीबी डेटाका साथै १०० मिनेट कल र १०० एसएमएस (सबै नेटवर्कमा प्रयाेग गर्न सकिने) सुविधा पाउनेछन् ।

यसैगरी २००, १०० र ५० रूपैयाँकाे रिचार्जमा पनि यस्ताे सुविधा दिइएकाे कम्पनीले जनाएकाे छ ।

कम्पनी प्रत्येक रिचार्जमा बोनसका साथै ‘न्यू इयर डेटा’ अफर पनि ल्याएकाे छ । यसअन्तर्गत ग्राहकले ४५ रूपैयाँमै ३ जीबी डेटा पाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४