close

ईसेवामार्फत आज ‘स्क्यान टु पे’ गर्दा शतप्रतिशत क्यासब्याक पाउने अवसर

टेकपाना टेकपाना

चैत ३०, २०७८ ९:३९

ईसेवामार्फत आज ‘स्क्यान टु पे’ गर्दा शतप्रतिशत क्यासब्याक पाउने अवसर

काठमाडौं । ईसेवा मार्फत आज (चैत ३०) गत स्क्यान टु पे मार्फत भुक्तानी गर्दा शतप्रतिशत क्यासब्याक पाइने भएको छ । न्यू इयर इभको अवसर पारी ल्याइएको यो योजना ईसेवाको मोबाइल एपमार्फत फोनपे नेटवर्कमा स्क्यान टु पे गर्दा सय जनाले अधिकतम रु. २०७९ सम्म शतप्रतिशत क्यासब्याक पाउनेछन् ।

साथै न्यू इयर इभका दिनमा विभिन्न मर्चेन्ट, रेष्टुरेन्ट, क्लब, रिसोर्ट लगायतका हस्पिटालिटीमा भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ । छुट प्राप्त हुने मर्चेन्ट तथा हस्पिटालिटीको सूची ईसेवाको ब्लगमा राखिएको छ ।

साथै ईसेवामार्फत भुक्तानी गर्ने व्यक्ति फोनपेको हेलिकप्टरमार्फत सगरमाथा घुम्न पाइने अफरमा समेत सहभागी हुनेछन् ।

फोनपे नेटवर्कमा न्यू इयर इभका दिनमा भुक्तानी गर्ने १० जना ग्राहक र १० मर्चेन्टले हेलिकप्टर मार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने नाम्चे बजार नजिकै रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ ।

यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोला प्रथा मार्फत घोषणा गरिने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४