close

ईभी चार्जिङ स्टेसनको डिस्प्लेमा पोर्न भिडिओ चलेपछि

टेकपाना टेकपाना

चैत ३०, २०७८ १८:३६

ईभी चार्जिङ स्टेसनको डिस्प्लेमा पोर्न भिडिओ चलेपछि

काठमाडौं । बेलायतको आयल अफ वाइटमा यसै साता विद्युतीय कार धनीहरूले आफ्नो चार्ज गर्ने क्रममा खोजेको भन्दा बढी पाए । काउन्सिलको चार्जिङ नेटवर्कको वेबसाइट देखाउनका लागि तीन ओटा चार्जिङ  प्वाइन्टमा राखिएका डिस्प्ले ह्याक गरेर पोर्न अर्थात् निलो चलचित्र देखाएको खबर द नेक्स्ट वेबले प्रकाशित गरेको छ ।

यसबाट प्रभावित सवारी चालकहरूले स्थानीय पत्रिका कन्ट्री पेपर प्रेसमा ल्याएका थिए, त्यसपछि काउन्सिलमा पुग्यो । लगत्तै त्यहाँका प्रवक्ताले माफी माग्न तम्सिँदै भने ‘त्यसबाट असान्दर्भिक वेब सामग्री देख्ने जोकोही प्रति माफी चाहन्छौँ ।’ त्यसपछि एक अधिकृतलाई चार्जिङ स्टेसनको डिस्प्ले निरीक्षण गर्न र त्यसमा रहेको असान्दर्भिक सामग्री छोप्नका लागि पठाइएको  थियो ।

त्यसो त पोर्न सामग्री हेर्नु अनौठो कुरा पनि होइन । किन भने प्रायः हरेक जसोले गर्ने कार्य हो यो । तर नग्न तस्वीर देखाउने ठाउँ भने असान्दर्भिक थियो ।

यद्यपि यो घटनाले एउटा महत्त्वपूर्ण विषयमा गम्भीर बनाएको छः विद्युतीय चार्जरको सुरक्षा सुधार गर्न जरुरी छ । यस्ता उपकरणहरूमा साइबर अपराधीले असान्दर्भिक सामग्री देखाउने मात्र होइन, त्यसभन्दा भयानक कार्य समेत गर्न सक्छन् ।

उनीहरूले चार्जिङ प्वाइन्टको सिस्टम बिगारिदिन सक्छन् । प्रयोगकर्ताको व्यक्तिगत तथा बिलिङ सम्बन्धी जानकारीमा पहुँच प्राप्त गर्न सक्छन् र सम्पूर्ण ग्रिडलाई नै अस्तव्यस्त बनाइदिन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४