काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा नेपाल पे क्यूआर इन्टिग्रेड गरेको छ । बैंकले आफ्ना ग्राहकलाई नेपालपे क्यूआर स्क्यान गर्न तथा त्यसमार्फत अनलाइन भुक्तानी गर्न सक्ने सुविधाका लागि मोबाइल बैंकिङ एप एमबीएल एम-स्मार्टमा यो सेवा थप गरेको हो ।
यससँगै बैंकका ग्राहकले नेपालपे क्यूआरमा रहेका विभिन्न मर्चेन्ट र पेमेन्ट गेटवेमा सहजै अनलाइन भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले अब नेपालपे क्यूआरका लागि आफैँ मर्चेन्ट थप गर्ने काम समेत गर्ने बताइएको छ ।
माछापुच्छ्रे नेसनल पेमेन्ट स्विचमा आवद्ध हुने र नेपालपे क्यूआर प्रयोग गर्ने पहिलो बैंक समेत हो । छ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको यो बैंकले अहिलेसम्म छ हजार ५०० मर्चेन्ट तयार पारिसकेको छ ।
नेपालपे क्यूआर एनसीएचएलले नेपाल क्यूआर स्ट्यान्डर्डमा तयार पारेको तथा सञ्चालनमा ल्याएको पूर्वाधार हो । जुन नेसनल पेमेन्ट स्विचकै अङ्गको रुपमा रहेको छ ।
नेपाल क्यूआरका लागि हिमालयन बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक र फोकसवान सोलुसन प्रालिले यसअघि नै मर्चेन्ट तयार पार्न थालिसकेका छन् । अन्य बैंक समेत यसका लागि प्रक्रियामै रहेको एनसीएचएलले जनाएको छ ।