close

यस्ता छन् वर्षभर नेपालीले सर्वाधिक खोजी गरेका युट्युब भिडिओ

टेकपाना टेकपाना

चैत ३०, २०७८ १९:२६

यस्ता छन् वर्षभर नेपालीले सर्वाधिक खोजी गरेका युट्युब भिडिओ

काठमाडौं । युट्युब म्युजिक भिडिओ, समाचार सामग्री, डकुमेन्ट्री, फिल्म र खेलकुदका लागि मात्र नभएर अध्ययन, सिकाइ र विभिन्न सीप आर्जनका हिसाबले समेत लोकप्रिय छ । तर नेपालीहरूले युट्युबमा धेरै सर्च गर्ने र हेर्ने सामग्री कस्ता हुन्छन् होला ?

पक्कै पनि यो विषयमा तपाईँलाई पनि कौतुहलता लागेको हुनसक्छ । त्यसो त युट्युबको ट्रेन्डिङ लिस्ट हेर्ने गर्नु भएको छ भने त यसको अन्दाज केही हदसम्म लगाउन सकिन्छ ।

तर धेरैले खोजेरै हेर्ने सामग्री कस्ता हुन्छन् होला ? आज २०७८ को अन्तिम दिन भएकाले युट्युबमा यस वर्ष नेपाली प्रयोगकर्ताले सर्वाधिक सर्च गरेका सामग्रीको चर्चा गर्दैछौँ ।  

पछिल्लो १२ महिनामा नेपालीहरूले जिज्ञासाको रुपमा धेरै सर्च गरेका सामग्रीहरूमा गीत, चलचित्र, भिडिओ नै छन् । यस बाहेक कार्टुन, माया, कुमकुम भाग्य, कमेडी र कुन्डली भाग्य छन् ।

तर शीर्षकको हिसाबले भन्ने हो भने गरेना फ्रिफायर, तारक मेहताका उल्टा चस्मा, भिडिओ गेम र लिरिक्स अगाडि छन् ।पछिल्लो समय ससुराल सिमरका सिजन २, उडारियाँ, भाग्यलक्ष्मी, ससुराल सिमरका, बिगबोस १५, प्रसन्न लामा, निमा देञ्जोङ्गपा, र खतरोँका खिलाडी खोज्ने क्रम बढ्दै गएको छ ।

त्यस्तै यो सूचीमा बडे अच्छे लग्ते हैँ, थप्की प्यारकी सिजन २, पुष्पा मुभी, डाँडा घरे साइँली, एन्टफ, भ्वाइस अफ नेपाली किड्स, उदारियाँ, बालिका बधु, तेरी मेरी गल्ला होगी मसहुर र जुठे समेत अगाडि छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४