close

नयाँ लोगोमा यस्तो देखियो फुडमाण्डु

टेकपाना टेकपाना

बैशाख १, २०७९ ८:१७

नयाँ लोगोमा यस्तो देखियो फुडमाण्डु

काठमाडौं । नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले नयाँ वर्षको अवसरमा नयाँ लोगो अनावरण गरेको छ ।

यो नयाँ ब्राण्ड पहिचानले फुडमाण्डुको नयाँ विचारलाई सधै अघि ल्याउने इतिहासलाई निरन्तरता दिएको छ । यो रिब्राण्डिङका उद्देश्य ब्राण्डलाई अझ रमाइलो, उज्यालो र हर्षका साथ अघि लग्दै फुडमाण्डुको नयाँ युगको सुरुवात गर्ने रहेको छ ।

‘हामी हाम्रो मूल्य, मान्यता र उद्देश्यलाई धेरै महत्व दिन्छौँ । हाम्रो नयाँ पहिचानले यस भावना प्रतिबिम्बित गर्दछ भन्ने हाम्रो विश्वास छ,’ फुडमाण्डुका संस्थापक एवं प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने ।

लोगोमा रहेको बाफको आकृतिले फुडमाण्डुको ग्राहकहरुले ताजा खाना खादाको खुसीको अनुभवलाई जनाउँछ ।

नयाँ रंग छनोटका बारेमा फुडमाण्डुका ब्राण्ड र मार्केटिङ प्रमुख श्यामरत्न माली भन्छन्, ‘पहेलो रंगलाई हामीले मुख्य ब्राण्ड रंगको रुपमा रोजेका छौँ । यसले उत्साह, खुशी, र ऊर्जालाई प्रतिनिधित्व गर्दछ । हाम्रो लागि पुराना रंग रातो र हरियोलाई छोड्ने निर्णय सजिलो थिएन, तर परिवर्तनको सही समय भएको हामीले महसुस गर्‍याैं ।’

२०१० मा स्थापना भएको फुडमाण्डुले हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखराका ८०० भन्दा बढी रेस्टुरेन्टहरुबाट फुड डेलिभरी गर्दछ ।

यसरी नै फुडमाण्ड फ्रेशले ग्रोसरी डेलिभरी र फुडमाण्डु बारले पेय पर्दाथ पनि डेलिभरी गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४