close

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास

टेकपाना टेकपाना

बैशाख १, २०७९ ९:४२

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् । नवनियुक्त दासलाई बुधबार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरे ।

दास यसअघि चर्चित ब्राण्ड ब्राण्ड कोकाकोलामा आबद्ध थिए । कोकालामा उनले १२ वर्षभन्दा लामो समयसम्म एरिया सेल्स म्यानेजर, कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर, ट्रेड मार्केटिङ हेड लगायतको भूमिकामा काम गरेका थिए ।

फोनपेमा उनले बिजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवर्द्धनको कार्य सम्हाल्नेछन् ।

उनको आगमनसँगै कम्पनीले थप सफलता हासिल गर्ने अपेक्षा गएिको छ । डिजिटल नेपालको परिकल्पना गर्दै साढे दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल करिब ६ लाख मर्चेन्ट रहेका छन् ।

बैंंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।

फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४