close

१५० वाट फास्ट चार्जर भएको पहिलो स्मार्टफोन सार्वजनिक गर्दै वनप्लस, १७ मिनेटमै फुल चार्ज हुने 

टेकपाना टेकपाना

बैशाख २, २०७९ २०:२३

१५० वाट फास्ट चार्जर भएको पहिलो स्मार्टफोन सार्वजनिक गर्दै वनप्लस, १७ मिनेटमै फुल चार्ज हुने 

काठमाडौं । आगामी साता वनप्लसले दुई नयाँ मोबाइल सार्वजनिक गर्ने कार्यतालिका छ । जसमा १५० वाट फास्ट चार्जिङ भएको पहिलो फोन समेत समावेश छ ।

नयाँ फोनको रुपमा नोर्ड सीई टु लाइटसँगै वनप्लस टेन आर स्मार्टफोन सार्वजनिक हुनेछन् । वन प्लस नाइन आरटी सार्वजनिक भएको तीन महिना पछि नै वनप्लसले टेन आरटी ल्याउन लागेको हो ।

जसमा १५० वाट सुपर भोक फास्ट चार्जिङ सहित केही अपग्रेडहरू देख्न सकिनेछ । त्यसो त गएको मोबाइल वर्ल्ड कङ्ग्रेसमा ओप्पोले १५० वाट चार्जिङ स्ट्यान्डर्ड बाहिर ल्याएको थियो ।

त्यसपछि अहिले सोही चार्जर अहिले वनप्लस टेन आरटीमा ल्याउन लागिएको हो । यो फोन मिडियाटेक डाइमेन्सटी ८१०० प्लेटफर्म, कोर्टेक्स ए७८ र ए५५ कोरबाट सञ्चालित हुनेछ ।

अवश्य पनि फोनको ब्याट्री चर्चाको मुख्य विषय रहेको छ । जुन १७ मिनेटमै फुल चार्ज हुनेछ । निर्माता कम्पनीले ब्याट्रीको आकार नखुलाएको भए पनि ५००० एमएएचको हुने बताइएको छ ।

तर रोचक कुरा के छ वनप्लस टेन आरका सबै मोडेलका स्मार्टफोनमा भने १५० वाटको चार्जिङ प्रविधि उपलब्ध हुने छैन । जुन हाई इन्ड मोडलहरूमा सीमित हुने र आधारभूत मोडेलहरूमा ८० वाट चार्जर पाउन सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२