काठमाडौं। डिजिटल वालेट सेलले आफ्ना ग्राहकका लागि क्यासब्याक अफर ल्याएको छ ।
आजदेखि लागू हुनेगरी सेलपेका प्रयोगकर्ताहरूले प्रत्येक टपअपमा ६ प्रतिशत सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
सेलपेमा रजिस्टर भएको आफ्नै नम्बरमा रिचार्ज गर्दा ६ प्रतिशत क्यासब्याक प्राप्त हुनेछ भने अरुको नम्बरमा टपअप गर्दा २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो अफर कति समयको लागि मान्य हुनेछ भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।