close

ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन जेठ १ देखि

टेकपाना टेकपाना

बैशाख ३, २०७९ २०:५९

ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन जेठ १ देखि

काठमाडौं । आउँदो जेठ १ देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुल्ने भएको छ ।

नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न यातायात व्यवस्था विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ। विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ ।

नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्ष पछिसम्म परेको थियो । यो काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ ।

गत वैशाख १६ देखि स्थगित गरिएको स्मार्ट लाइसेन्सको अनलाइन आवेदन गत कात्तिक ७ गतेमात्रै खुलाइएको थियो । आवेदन खुलेको पाँच महिना नपुग्दै पुनः स्थगित भएको छ ।

विभागले ट्रायल पास गरेका सवारी चालकलाई क्यूआर कोड सहितको एक वर्षे अस्थायी लाइसेन्स दिँदै आएको छ । माग तथा आपूर्तिबीच सन्तुलन कायम गर्न  त्यसपछि मात्रै स्मार्ट लाइसेन्स दिने व्यवस्था मिलाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२