काठमाडौं । व्यावसायिक आईटी तालिम प्रदायक नियोस्फेयरले नयाँ वर्षमा छुट अफर ल्याएको छ । यसअन्तर्गत संस्थाले लेभल वान आईटी कोर्षहरूमा ४० प्रतिशत छुट घोषणा गरेको छ ।
पछिल्लो समय आईटी क्षेत्रमा दक्ष जनशक्तिको माग बढिरहेको सन्दर्भमा विभिन्न कोर्ष सहुलियत शुल्कमा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।
आफ्ना छोटो अवधिका कोर्ष पढेर विद्यार्थीले दीर्घकालीन लाभ लिनसक्ने कम्पनीको भनाइ छ ।