काठमाडौं । काठमाडौं स्थित एक आईटी कम्पनीले वर्डप्रेस डेभलपरका लागि दरखास्त आह्वान गरेको छ । वेबसाइट डेभलपमेन्ट तथा होस्टिङका लागि काम गर्दै आएको एपहरू प्रालिले चार जना वर्डप्रेस डेभलपर मागेको हो ।
कम्पनीका अनुसार वर्डप्रेस थिम तथा प्लगइन डेभलपमेन्टमा ‘एक्सपर्ट-लेभल नलेज’ भएका व्यक्तिहरूले यसका लागि आवेदन दिन सक्नेछन् । साथै एचटीएमएल५, सीएसएस, एसएएसएसमा फ्रन्ड इन्ड डेभलपमेन्टको अनुभव भएका तथा जाभा स्क्रिप्ट (ईएस५/ईएस६) को अनुभव तथा ज्ञान प्राप्त, फ्रन्ट इन्ड फ्रेमवर्क (बुटस्ट्र्याप, फाउन्डेसन र फेब्रिक) मा रिएक्ट जेएस लगायतमा अनुभव भएकाहरू मध्येबाट कर्मचारी भर्ना गरिने कम्पनीले जनाएको छ ।
डेभलपरलाई १५ हजार रुपैयाँदेखि ४५ हजार रुपैयाँसम्म पारिश्रमिक उपलब्ध गराइनेछ । वर्डप्रेस डेभलपरका लागि आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गरी ई-मेलमा आफ्नो आवेदन पठाउन सक्नुहुनेछ ।