close

अवैध रुपमा आईफोन ल्याउने एक जना विमानस्थलबाट पक्राउ

टेकपाना टेकपाना

बैशाख ६, २०७९ १७:५०

अवैध रुपमा आईफोन ल्याउने एक जना विमानस्थलबाट पक्राउ

काठमाडौं । एप्पलका डिभाइस अवैध रुपमा नेपाल भित्र्याउन लागेको भन्दै एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।

सोमबार जजिरा एयरको उडानमार्फत दुबईबाट कुवेत हुँदै काठमाडौं आएका यात्रु कैलालीका भागदेव कठरियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोप्रहरी कार्यालयले पक्राउ गरेको हो ।

उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले आगमन टनेल गेट (Welcome Gate) बाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट एक थान १४ इन्चको म्याकबुक प्रो, दुईओटा आईफोन १३ प्रो म्याक्स र एउटा आईफोन ११ प्रो म्याक्ससहित ४० ग्रामको सुनको लकेट सहित पक्राउ गरेको हो ।

उनले उल्लेखित सामग्रीहरू अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२