काठमाडौं । रुसले युक्रेनमाथि करिब दुई महिनायता आक्रमण गरिरहेकाे छ । युद्ध चलिरहँदा हालै रुसले शक्तिशाली क्षमताको आणविक मिसाइल सफलताका साथ परीक्षण गरेको दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यसलाई विश्वकै शक्तिशाली मिसाइलका रुपमा चर्चा गरिएको छ । बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘सरमात’ नामक यो मिसाइल सफलतापूर्वक परीक्षण गरिएको जानकारी दिए ।
अत्याधुनिक हतियारसहितको मिसाइलसँगै यसले रुसी सेनाको लडाईं क्षमतालाई बलियो बनाउने र बाह्य खतराको सामना गर्न रुस तयार हुने पुटिनको दाबी छ ।
साथै आफ्नो देशविरुद्ध लड्न दुश्मनहरुले दुई पटक सोच्नपुर्ने चेतावनी समेत उनले दिएका छन् ।
रोयर्टसका अनुसार लामो समयदेखि प्रतिक्षा गरिएको यो मिसाइल उत्तरपश्चिम रूसको प्लेसेत्स्कबाट परीक्षण गरिएको थियो र करिब ६००० किलोमिटर (३७०० माइल) टाढा काम्चात्का प्रायद्वीपमा प्रहार गरिएको थियो ।
२०० टन बराबरको वजन र धेरै हतियारहरू सहित उड्ने याे मिसाइल पृथ्वीका कुनै पनि भागमा पुग्नसक्ने दाबी पुटिनले गरेका छन् ।
🇷🇺 Successful launch of Sarmat intercontinental ballistic missile was held today at Plesetsk Cosmodrome from a silo launcher.