close

र्‍यापिड कोडिङ च्यालेन्ज देखि रोबो र्‍याम्प सहितको आईसीटी मेला आजबाट सुरु

टेकपाना टेकपाना

बैशाख ९, २०७९ १२:४

र्‍यापिड कोडिङ च्यालेन्ज देखि रोबो र्‍याम्प सहितको आईसीटी मेला आजबाट सुरु

काठमाडौं । आजबाट भिरिन्ची कलेजमा दोस्रो संस्करणको आईसीटी मेला सुरु भएको छ । मेलामा सूचना प्रविधिसँग जोडएका विभिन्न परियोजना सँगै गेमिङ, लाइभ म्युजिक, रोबो र्‍याम्पलगायतका कार्यक्रम पनि समावेश हुनेछन् । मेलाको पहिलो संस्करण दुई वर्ष अगाडि गरेको कलेजले कोरोना महामारीको कारण यो वर्ष दोस्रो संस्करण आयोजना गरेको हो । अघिल्लो कार्यक्रममा विद्यार्थीले बनाएको सफ्टवेयरमा केन्द्रित भएको मेला यो वर्ष विभिन्न कार्यक्रमका साथ आयोजना हुदैँछ । मेलामा यो वर्ष २० भन्दा बढी आईसीटी सोलुसन प्रस्तुत हुनेछन् ।

मानिसको दैनिक जीवनलाई सहजता प्रदान गर्न इन्टरनेट अफ थिङ्स (आईओटी) लाई जोडेर यी परियोजना प्रस्तुत हुने र यसमा विद्यार्थीले तयार पारेको स्मार्ट लक, स्मार्ट हाउस सोलुसन जस्ता परियाेजना समावेश गरिएको छ ।

साथै मेलाको अवधिमा आईसीटी आईडिया हन्ट, रोबो र्‍याम्प रेस अर्थात रोबट रेस प्रतिस्पर्धा, र्‍यापिड कोडिङ च्यालेन्ज पनि आयोजना हुनेछ ।

मेलाका अवलाेकनकर्तालाई लक्षित गरेर होलोग्राफी डिस्प्ले, इन्फिनिटी मिरर रुम, एलईडी क्युब, आईसीटी गेम समेत रहनेछन् । त्यस्तै मेलामा फुड स्टल, लाइभ म्युजिक, स्क्युड गेम समेत रहने जनाइएकाे छ ।

शनिबार ‘च्याम्पियन अन आईसीटी इनोभेसन थ्रु एकेडेमिया’ विषयमा प्यानल छलफल समेत रहेको छ । मेला तीन दिन सम्म चल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२