close

सब्सक्राइबर घटेसँगै दुई दिनमा नेटफ्लिक्सको भ्यालु ६१ खर्ब २३ अर्बले घट्यो

टेकपाना टेकपाना

बैशाख ९, २०७९ १२:५३

सब्सक्राइबर घटेसँगै दुई दिनमा नेटफ्लिक्सको भ्यालु ६१ खर्ब २३ अर्बले घट्यो

काठमाडौं । नेटफ्लिक्सले १० वर्षमा पहिलो पटक ठुलो संख्यामा सब्सक्राइबर गुमाएको छ । कम्पनीले केही दिनअघि मात्रै सन् २०२२ को पहिलो चौमासिक प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदन अनुसार कम्पनीका सब्सक्राइबार करिब तीन लाखले घटेका छन् ।

यसरी सब्सक्राइबार गुमेको प्रतिवेदन सार्वजनिक भएसँगै कम्पनीका शेयर मूल्य निरन्तर रुपमा ओरालो लागिरहेको छ । जसको प्रतिफल दुई दिनको अवधिमा कम्पनीको भ्यालु ५० बिलियन डलर अर्थात ६१ खर्ब २३ अर्ब भन्दा बढीले घटेको छ । शेयर मूल्य घट्ने क्रम अझै रोकिएको छैन् ।

यसरी एकै पटक ठुलो मात्रामा शेयर मूल्य घट्दा विज्ञले नेटफ्लिक्सलाई पूनः पुरानै अवस्थामा फर्किन चुनौती हुने बताएका छन् । पछिल्लो समय नेटफ्लिक्सले अन्य प्रतिस्पर्धी कम्पनीमार्फत ठुलो चुनौती खेपिरहेको छ । अर्कोतर्फ रुस र युक्रेनमा जारी युद्धका कारण रुसमा सेवा बन्द छ । त्यसको असर पनि कम्पनीको सब्सक्राइबरमा देखिएको हो ।

हुन त कम्पनीले विज्ञापन सहितको सस्तो प्याकेज ल्याएर प्रयोगकर्तालाई तान्ने योजना सार्वजनिक गरी सकेको छ । साथै हाल एउटै पासवर्ड शेयर गरेर धेरैले नेटफ्लिक्स हर्ने गरेकोमा त्यसलाई रोक्ने तयारीमा समेत कम्पनी लागि परेको छ । यसका बावजुद पनि कम्पनीले अहिले गुमाएको भ्यालु हासिल गर्न निकै कठिन हुने विज्ञ बताउँछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२