close

एभोलिसको नयाँ कार्ड प्रिन्टर नेपाली बजारमा, प्रतिघण्टा २८० वटा रङ्गिन कार्ड छाप्ने

टेकपाना टेकपाना

बैशाख १०, २०७९ ८:३०

एभोलिसको नयाँ कार्ड प्रिन्टर नेपाली बजारमा, प्रतिघण्टा २८० वटा रङ्गिन कार्ड छाप्ने

काठमाडौं । फ्रान्सको एभोलिस कम्पनीले उत्पादन गरेको प्राइमेसी-२ कार्ड प्रिन्टर नेपाली बजारमा भित्रिएकाे छ । नेपालस्थित एभाेलिसकाे अधिकृत बिक्रेता बारकोड नेपाल इंक प्रालिले शुक्रवार भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२२ का अवसरमा उक्त कार्ड प्रिन्टर सार्वजनिक गरेकाे हाे ।

एभोलिसका कार्ड प्रिन्टर बिक्री र गुणस्तरका हिसाबले संसारमै प्रसिद्ध रहेकाे बारकाेड नेपालकाे भनाइ छ । बारकोड नेपालले एभाेलिसका उत्पादन सन् २००८ देखि नेपाली बजा।मा बिक्री वितरण गर्दै आएको छ ।

प्राइमेसी-२ कार्ड प्रिन्टरबाट मध्यम र ठूला कार्यालयका आईडी कार्ड, भिजिटर कार्ड, प्रिभिलेज कार्डहरू तत्काल कार्यालयमै छाप्न सकिने बताइएकाे छ ।

कम्पनीका अनुसार यसले प्रतिघण्टा २८० वटा रङ्गिन कार्ड छाप्नसक्छ । यस प्रिन्टर मा यूभी प्रिन्टिङ, रि-राइटेबल कार्ड प्रिन्टिङ, डबल ले, ओभरले जस्ता विशेष कार्डहरू छाप्ने प्रविधि प्रयोग गरिएको छ ।

यसमा १०० वटा कार्ड राख्नमिल्ने ठूलो हुपर राखिएको छ ।प्राइमेसी-२ मा ल्यामिनेटर जोडेर एकै पटक ल्यामिनेटेड कार्ड उत्पादन समेत गर्न सकिन्छ ।

यस सेरिजमा बैंकिङ कार्डहरू छाप्न आवश्य पर्ने इन्कोडरहरु जडान गर्न मिल्नेगरी डिजाइन गरिएको कम्पनीले जनाएकाे छ ।

नेपालमा विभिन्न बैङ्क, नेपाली सेना, नेपाल प्रहरी, विभिन्न आयोगहरू, सरकारी कार्यालयहरू लगायत स्कुल, कलेज, अस्पतालमा एभोलिसका कार्ड प्रयोग भइरहेको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२