close

ट्वीटरमा पनि ‘सीसी’ बटन, भिडिओको क्याप्सन अन/अफ गर्न सजिलो हुने

टेकपाना टेकपाना

बैशाख १०, २०७९ १५:५६

ट्वीटरमा पनि ‘सीसी’ बटन, भिडिओको क्याप्सन अन/अफ गर्न सजिलो हुने

काठमाडौं । ट्वीटरका भिडिओमा अब क्याप्सन ‘अन’ अथवा ‘अफ’ गर्न सहज हुने भएको छ । त्यसका लागि कम्पनीले ‘सीसी’ बटन उपलब्ध गराउने तयारी गरेको छ ।

उक्त बटनमार्फत प्रयोगकर्ता आफूले ट्वीट गर्न लागेको भिडिओमा क्याप्सन भएको खण्डमा अन गर्न अथवा अफ गर्न सक्नेछन् । यो विषयमा ट्वीटरले शुक्रबार ट्वीट गर्दै जानकारी दिएको हो ।

कम्पनीले सार्वजनिक गरेको भिडिओअनुसार भिडिओ अट्याच भएको ट्वीटको दायाँ साइडको माथि ‘सीसी’ बटन उपलब्ध गराएको छ । हाल यो फिचर परीक्षणको क्रममा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले यो फिचर कहिलेबाट उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । तर, ट्वीटको आधारमा हेर्न हो भने प्रयोगकर्ताले चाँडै यो फिचर प्रयोग गर्न पाउनेछन् ।

पछिल्लो केही समयमा ट्वीटर विभिन्न फिचरमा काम गरिरहेको छ । विशेष गरी एलन मस्कले ट्वीटरमा लगानी गरेसँगै नयाँ फिचरहरू देखा परिरहेका छन् । कम्पनीले चाँडै प्रयोगकर्तालाई एडिट बटन समेत उपलब्ध गराउने तयारी गरिरहेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२