काठमाडौं । विन्डोज ओएसमा आधारित लाखौं ल्यापटप हटाउनै नमिल्ने माल्वेयरको शिकार भएका छन् । लेनोभोका सयभन्दा बढी ल्यापटप मोडलमा यस्तो गम्भीर प्रकृतिको माल्वेयर फेला परेको हो ।
साइबर सुरक्षा कम्पनी ईसेटका अनुसार प्रयोगकर्तालाई बिना जानकारी ह्याकरले ल्यापटपमा सहजै उक्त माल्वेयर इन्स्टल गरिदिन सक्छन् ।
क्रिटिकल रुपमा हेरिएको यो माल्वेयर एकपटक इन्स्टल भएसँगै ल्यापटपबाट हटाउन कठिन रहेको जनाइएको छ । उक्त माल्वेयरको मद्धतले ह्याकरले प्रयोगकर्ताको ल्यापटलाई नै मोडिफाई गर्नसक्छन् ।
यो माल्येवर कम्प्युटरको ओएस तथा मदबोर्डमा सोझै कनेक्ट हुनेहुँदा ह्याकरले कम्प्युटरमा आफूल चाहेको काम गर्नसक्ने जनाइएको छ ।
त्यो हुँदा ह्याकरले प्रयोगकर्तालाई सहजै निगरानी गर्न तथा प्रयोगकर्ताको डेटा संकलन गर्नसक्ने जनाइएको छ ।
विज्ञका अनुसार पहिलो चरणमा लेनोभोका ल्यापटपमा भएको परीक्षणमा यो खालको माल्वेयर फेला परेको भएपनि अन्य लाखौं विन्डोज ल्यापटप यसको शिकार भएको अनुमान गरिएको छ ।