close

अनलाइनबाट एनआईसी एसियाको खाता खोल्दा ई-कमर्स सेवामा ५ हजारसम्म छुट

टेकपाना टेकपाना

बैशाख ११, २०७९ १६:१९

अनलाइनबाट एनआईसी एसियाको खाता खोल्दा ई-कमर्स सेवामा ५ हजारसम्म छुट

काठमाडौं । एनआईसी एसिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई-कमर्सबाट वस्तु तथा सेवाको खरिद गर्दा पाँच हजार रूपैयाँसम्म छुट दिने भएको छ ।

यसअन्तर्गत दराज, ग्यापु, सस्तेडिल, भेजमान्डु, फुड बाइट (क्विकआर) यूजी बजार, खानपिनजस्ता ईसकमर्सबाट विभिन्न सामग्री खरिद गर्दा यस्ताे छुट पाइने बैंकले जनाएकाे छ ।

त्यस्तै ट्याक्सीमण्डु, यति एयरलाइन्स, सोनीलिभ, अल्ट बालाजी लगायतका अनलाइन प्लेटफर्मबाट विभिन्न सेवा लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआईसी एसिया मोबौंकमार्फन मार्फत अनलाइन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेकाे छ ।

यसका लागि ग्राहकले बैंकको वेबसाइटबाट अनलाइन खाता खोली उक्त खाता पूर्णरुपमा एक्टिभेट भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस वा ईमेलमार्फत माथि उल्लेखित मर्चेन्टहरुद्वारा प्रदान गरिएको प्राेमाेकाेड वा डिस्काउन्ट लिंक पठाउने व्यवस्था गरेको छ ।

बैंकका अनुसार यो योजना २०७९ असार मसान्तसम्म लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२