काठमाडौं । पठाओले उत्कृष्ट राइडर, क्याप्टेन, फुडम्यान र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । २०७८ सालका उत्कृष्ट सेवा प्रदायकलाई आउँदो वैशाख १८ गते सम्मान गर्ने तयारी भएको पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले बताइन् ।
‘पठाओको यात्रामा हाम्रा राइडर, क्याप्टेन र फुडम्यान साथीहरुले सधैं हामीलाई हाम्रो परिवारझैं साथ दिनुहुनु भएको छ’ हमाल थप्छिन् ‘उहाँहरुको योगदानको कदर गर्दै यो कार्यक्रम आयोजना गरेका हौं ।’
सबै कामलाई सम्मान गरौं, एउटै नजरले हेरौं र सोचमा सकारात्मक परिवर्तन ल्याउँ भन्ने आशाका साथ कार्यक्रम आयोजना गरिएको हमालको भनाइ छ ।
यस कार्यक्रमलाई आगमी वर्षहरुमा पनि निरन्तरता दिने उनले जानकारी दिइन् । २५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड शेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो ।
९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा सुरु गरेको पठाओले राइड सेयरिङ सुरू गरेको २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ‘पठाओ फुड’ सञ्चालनमा ल्याएको छ ।